मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निगम कर्मचारीको प्रोत्साहन भत्तामा अख्तियारको अनुसन्धान

nayapatrikadaily.com · Thu Dec 28 00:45:00 GMT 2023

नेपाल आयल निगम लिमिटेडका कर्मचारीलाई बोनस वितरणमा रोक लगाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रत्येक वार्षिकोत्सवमा वितरण हुँदै आएको भत्ताको पनि अनुसन्धान अघि बढाएको छ ।अख्तियारले गत २८ मंसिरमा आयल निगमलाई पत्राचार गर्दै ०७६, ०७७ र ०७८ को वार्षिकोत्सवमा वितरण गरिएका सेवा–सुविधाको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । प्रत्येक वार्षिकोत्सवमा निगमका कर्मचारीलाई दुई ग्रेड वृद्धि र ग्रेड वृद्धि सकिएका कर्मचारीलाई जनही २५ हजार रुपैयाँ प्रोत्साहनबापत दिने प्रचलन छ । सोही सुविधा वितरणमा अनियमितता भएको उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

अख्तियारले लेखेको पत्रमा भनिएको छ, ‘तत्कालीन कार्यकारी निर्देशकले ०७६, ०७७ र ०७८ मा निगमको वार्षिकोत्सवको मौकामा सम्पूर्ण कर्मचारीको दुई ग्रेड वृद्धि र ग्रेड नाघेका प्रत्येक कर्मचारीलाई २५ हजार पुरस्कार दिने निर्णय भएअनुसार उक्त सुविधा प्राप्त गर्ने कर्मचारीहरूको संख्या र सोबापत कति रकम भुक्तानी गरिएको हो, पछिसम्म फरक नपर्ने गरी उक्त तीन सालको विवरण तथा सोलाई पुष्टि गर्ने प्रमाणित कागजात आवश्यक परेकाले आयोगमा उपलब्ध गराइदिनू ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)