नेपालबाट बाहिरिने रेमिट्यान्स १२ प्रतिशतले बढ्यो
corporatenepal.com · Fri Jun 26 11:44:02 GMT 2026

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को १० महिनामा नेपालबाट बाहिरिने रेमिट्यान्स १२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
गत आवको पहिलो १० महिनामा नेपालबाट आठ अर्ब ७१ करोड ४३ लाख रूपियाँ रेमिट्यान्स बाहिरिएको थियो । चालु आवको पहिलो १० महिनामा भने नौ अर्ब ७५ करोड १२ लाख रूपियाँ रेमिट्यान्स बाहिरिएको छ । यो औपचारिक प्रणालीबाट बाहिरिएको रेमिट्यान्स हो । गत आवभर नेपालबाट ११ अर्ब १७ करोड २३ लाख रूपियाँ रेमिट्यान्स बाहिरिएको केन्द्रीय बैंकको तथ्यांक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)