कमाण्डरले हामी अप्ठेराेमा छाैँ भनेलगत्तै पुटिनले गरे युक्रेनी भू–भागमा सैनिक शासन लागू भएकाे घाेषणा
shilapatra.com · Thu Oct 20 00:26:00 GMT 2022
रुसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'मैले रुसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया’ गरी चार क्षेत्रमा ‘मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु', टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भने ।
सम्बोधनपछि क्रेमलिनले एक निर्दैशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ । मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौँदेखि युक्रेनी सेना अघि बढिरहेका बेला पुटिनको यो घोषणा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)