संघर्ष समितिद्वारा वार्तासँगै आन्दोलनको तयारी
rajdhanidaily.com · Thu Mar 06 23:28:59 GMT 2025

राजविराज । राजविराज नगरवासी पीडित संघर्ष समितिले बिटौरी तथा ब्लक जग्गाको समस्या समाधानका लागि सुरु भएको आन्दोलन स्थानीय प्रशसनको आग्रहमा दुई साताका लागि स्थगित भएपनि समस्या समाधान नभए पुनः संघर्षका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
बिहीबार समितिका संयोजक इरसाद अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । “समितिले आन्दोलन सुरु गरेपछी स्थानीय प्रशासन, जनप्रतिनिधि लगायत सरोकारवालाको आग्रहमा भएको वार्ता मार्फत दुई सातामा समस्या समाधानको उपाय खोज्ने भनी त्यस अवधीभर आन्दोलन रोक्न गरिएको आग्रहलाई स्वीकार्दै आन्दोलन रोकिएको हो, विज्ञप्तिमा भनिएको छ–माग पुरा हुने अवस्था नदेखिए पुनः आन्दोलनमा उत्रनु विकल्प रहने छैन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)