अझै समातिएनन् ७७ वर्षदेखिका फरार
ekantipur.com · Sat Jul 30 01:10:00 GMT 2022
हेटौंडा — अदालतबाट दोषी ठहर भई कैद र दण्ड जरिवाना तोकिएका मकवानपुरका २ हजार ९ सय १५ जना अभियुक्तहरू अझै फरार छन् । यो सूची ७६ वर्षअघिदेखिको हो । २००२ माघ २३ मा चोरीडकैती मुद्दामा स्थानीय दिलिप पाख्रिन, कोमल खत्री र ठुले चौरेललाई तत्कालीन चिसापानी अदालतले ६ वर्ष कैद र ३ हजार १ सय ७२ रुपैयाँ जरिवाना तोकेको थियो । तर, उनीहरू अझैसम्म पक्राउ पर्न सकेका छैनन् । उनीहरूको मृत्यु भए–नभएकोबारे समेत जिल्ला अदालत जानकार छैन ।
फरार सूचीमा ९५ जना विदेशी नागरिक छन् । दोषी ठहर भएर पनि फरार रहेकाहरूको सूची जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा पठाइने गरे पनि अझै धेरै अभियुक्त पक्राउ नपरेका जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए । केही वर्षयता दोषी ठहर भई फरार भएकाहरूको सेवा सुविधा रोक्का गर्न अदालतले जिल्लास्थित विभिन्न सरकारी निकाय र स्थानीय तहहरूलाई परिपत्र गर्दै आएको छ । सोही आधारमा गत वर्ष राक्सिराङ गाउँपालिकाले लागूऔषधसम्बन्धी मुद्दामा फरार ४ जनाको सेवा सुविधा रोकेको थियो । तर, यो संख्या उल्लेख्य नरहेको श्रेस्तेदार भट्टराई बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)