बाबुरामको प्रतिवेदन : कुन दल कस्ता ?
merolifestyle.com · Sat Mar 12 16:32:51 GMT 2022
जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संघीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई को अध्यक्षतामा भइरहेको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ । जसपाको केन्द्रीय कमितिको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । केन्द्रीय समितिको बैठकअघि परिषद्को बैठक बसेको हो ।
प्रतिवेदनमा जसपा र अरू पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको छ । दस्तावेजमाथि सामूहिक छलफल हुने जसपाले जनाएको छ । विसं २०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जसपा बनेपछि पार्टीको पहिलो संघीय परिषद् बैठक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)
नेकपा एमाले