दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीयमा अस्ट्रेलिया तीन विकेटले विजयी
Ujyaaloonline.com · Fri Sep 08 00:47:28 GMT 2023
काठमाण्डाै - दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली अस्ट्रेलिया तीन विकेटले विजयी भएको छ । जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।
घरेलु टोली दक्षिण अफ्रिकाले जितका लागि दिएको २ सय २३ रनको लक्ष्य अस्ट्रेलियाले ४० ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । उसका मार्नुस लाबुसेन सर्वाधिक ८० रनमा र एस्टन अगर ४८ रनमा अविजित रहे । ट्रविस हेडले ३३ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)