मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जुम्लामा कोदोखेती गर्ने घट्दै

barnanmedia.com · Sat Nov 02 22:54:09 UTC 2024

जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ । यहाँका आठ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् ।

विगतमा यहाँको तिला गाउँपालिका– १ मा कोदोको राम्रो उत्पादन हुन्थ्यो । यहाँका फाँटहरूमा लहलहाउँदै गरेको कोदो देखिन्थ्यो तर आठ÷दश वर्षयता यस ठाउँमा कोदोको खेती गरेको पाइँदैन । दशक अघिसम्म पाँच क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने गरेको तिला– १ का स्थानीय नर रावतले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)