ललितपुरमा नक्कली ब्राण्डेड मदिरा उत्पादन गर्ने ठाउँमा सशस्त्र प्रहरीको छापा
lokaantar.com

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा उत्पादन भइरहेको स्थानमा सशस्त्र प्रहरीले छापा मारेको छ । सो क्रममा विभिन्न ब्राण्डका मदिरा, केमिकल तथा उपकरणसहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाको आधारमा चाँगाथलीस्थित विर्खबहादुर तामाङको घरमा छापा मारिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त घरमा अवैध रूपमा रेड लेबल, ब्ल्याक लेबललगायत महँगा ब्राण्डका नक्कली मदिरा उत्पादन भइरहेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)