रियलले जित्यो कोपा डेल रे
ekantipur.com · Sun May 07 00:56:58 GMT 2023
सेभिया — रोड्रिगोको दुई गोलको मदतले रियल म्याड्रिडले शनिबार ओसासुनालाई फाइनलमा २–१ ले पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको छ । रियलले नौ वर्षको लामो प्रतीक्षापछि स्पेनी कप जितेको हो । समग्रमा उसले यो उपाधि जितेको २० पल्ट हो ।
ओसासुनाले अहिलेसम्म क्लब इतिहासमै कुनै ठूलो उपाधि जितेको छैन र यसपल्ट पनि कार्लो एन्सेलोटीको टिम सामु उसको चुनौती बलियो रहन सकेन । रोड्रिगोले दोस्रो मिनेटमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)