कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायुजन्य परिवर्तनका चुनौतीबीच निजी क्षेत्रसँगको साझेदारी विस्तार गर्न आह्वान
clickmandu.com · Fri Jun 12 12:21:27 GMT 2026

काठमाडौं । अब विकासमा निजी क्षेत्रलाई संलग्न गराउनुपर्छ कि पर्दैन भन्ने प्रश्न रहेन, बरु कृत्रिम बुद्धिमत्ता, बढ्दो श्रम गतिशीलता तथा जलवायु परिवर्तनले तीव्र रूपमा परिवर्तन गरिरहेको विश्वमा यस्तो संलग्नतालाई कसरी संस्थागत, अनुकूलित र विस्तार गर्न सकिन्छ भन्ने प्रश्न प्रमुख बनेको छ।
राजधानीमा सम्पन्न क्षेत्रीय सम्मेलन “समावेशी विकासका लागि निजी क्षेत्रको संलग्नता” बाट यही मुख्य सन्देश प्राप्त भएको छ । नेपाल उद्योग परिसंघ र हेल्भेटास नेपालद्वारा संयुक्त रूपमा “व्यावसायिक प्रोत्साहन र विकासका परिणामबीचको संगम” भन्ने मूल नारासहित आयोजित सम्मेलनमा नेपाल तथा क्षेत्रका विभिन्न देशहरूबाट करिब १५० जना नीति निर्माता, व्यवसायी, विकासकर्मी, वित्तीय संस्थाका प्रतिनिधि, शिक्षाविद्, उद्यमी तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ
वीरेन्द्रराज पाण्डे