मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बराहपोखरीबाट पौने दुई करोडको खसीबोका बिक्री

lokaantar.com · Sat Oct 21 01:45:34 GMT 2023

दशैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख रुपैयाँ बढीको खसी निर्यात भएको छ । खसीबाख्रा पालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५ खसी काठमाडौँ पुर्‍याएका छन् ।

एउटा खसीको सरदर मूल्य २० हजार मान्दा एक करोड ७५ लाखभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिए। खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका छवटै वडाका किसानको घर–घरमा पुगेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)