मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्यानको ठक्करले गाईघाटमा दिदिबहिनीको ज्यान गयो

rajdhanidaily.com · Thu Mar 06 23:32:28 GMT 2025

उदयपुर । पिकअपको ठक्करबाट बिहीबार साझ घरमा बसि रहेकी हात्तीमारा टोलका दुई दिदि बहिनीको ज्यान गएको छ । घरको बरन्डामा सुपाडी काटी राखेकी ती बालिकाद्धयलाई सामान बोकेर फर्निचर कारखानातर्फ आउदै गरेको प्र १०५००१ च ००९१ नम्बरको बोलेरो पिकअप भ्यानले बेलुकी ७ बजे ठक्कर दिदा त्रियुगा नगरपालिका– १२ हात्तीमाराका ललन दासकी १४ वर्षिय छोरी अनुकुमारी दास र १० बर्षिया छोरी देबीकुमारी दासको घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हात्तीमारास्थित कारखाना तर्फ जादै गरेको बेला पिकअप अनियंत्रित भएर घरमा पसेको स्थानीयबासीले जनाएको छ । ठक्कर दिने पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

गाईघाटस्थित हिमशिखर फर्निचरको पिकअपले ठक्कर दिँदा एकै परिवारका दिदीबहिनीको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउने त्रियुगा नगरपालिका– १२ हात्तिमारास्थित सप्तरी जिल्ला राजविराज घर भै त्रियुगा नगरपालिका– १२ हात्तिमारामा राजेन्द्र मैनालीको घरमा भाडा गरी बस्दै आएका ललन दासको दुई रहेको प्रहरीले जनाएको छ । सवारी चालक त्रियुगा नगरपालिका– ९ गैरुनका १८ वर्षिय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)