आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोसः सभामुख घिमिरे
barnanmedia.com · Sat Nov 02 23:19:54 UTC 2024

काठमाडौं, १८ कात्तिकः सभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो । सन्देशमा भनिएको छ, “तिहारले आपसी मेलमिलाप, भ्रातृत्व र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै सबै नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गर्दछु ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)