महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल अस्पतालमा छूट
abhiyandaily.com
काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पतालमा छूट पाउने भएका छन् । ग्राहकलाई छूट उपलब्ध गराउन बैंक र अस्पतालबीच बिहीवार सम्झौता भएको हो ।
सम्झौतासँगै बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले दाँतको उपचार गर्दा छूट पाउन सक्नेछन् । छूटबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकले बताएको छ । साथै डिजिटल बैंकिङको बारेमा थप जानकारी गराउन बैंकले विभिन्न शाखाहरूबाट जनचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)