मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बक्सिङ विवाद आपसी लेनदेन गरेर मिलाउनुपर्छ : सदस्यसचिव

rajdhanidaily.com · Fri Aug 27 23:41:53 GMT 2021

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश शिलवालले बक्सिङको विवाद आपसी लेनदेन गरेर मिलाउने प्रयत्न गरिरहेको बताएका छन् । काठमाडौं जिल्ला बक्सिङ संघ र नेपाल खेलकुद पत्रकारमञ्च स्पोर्टस एकेडेमीले अन्तर्राष्ट्रिय बक्सिङ दिवशको अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘ अलिअलि मन भाँचिएको छ । भाँचिएको मनलाई सिलाउनुपर्छ । लेनदेन गरेर मिलाउनुपर्छ । एक आपसमा छलफल गरेर बक्सिङको विवाद समाधान गर्न सक्छौं ।’

त्यसअघि सो कार्यक्रममा संघका महासचिव सविन भट्टचार्यले संघका अध्यक्ष राम अवालेले संघको विवाद मिलाउने विषयमा चासो नदिएको भन्दै राष्ट्रिय खेलकुद परिषद्लाई ‘हस्तक्षेप’ गरेर विवाद मिलाइ दिन आग्रह गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)