बोक्सी प्रथाको चिरफार
annapurnapost.com · Tue Sep 14 06:57:00 GMT 2021
काठमाडौं : पत्रकार लोग्सरी कुँवर र सञ्जय खड्काको पुस्तक ‘शल्यक्रिया’ सोमबार लोकार्पण गरिएको छ। बोक्सी प्रथामा केन्द्रित अनुसन्धानात्मक अध्ययन समेटिएको पुस्तक चेन्ज एक्सन नेपाल (क्यान) ले प्रकाशन गरेको हो। राष्ट्रिय महिला आयोगमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गर्दै सांसद् नीरु पालले नेपालमा भएका कतिपय कानुन भए पनि व्यवहारमा भने लागु नभएको बताइन्।
‘कतिपय महिला दिदीबहिनीहरूलाई आफ्नो हकअधिकारको बारेमा थाहै हुँदैन। त्यही कारण महिलाहरू हिंसा, बलात्कार र सामाजिक भेदभावको सिकार हुने गरेका छन्’, उनले भनिन्। छोरीहरूमा सबैभन्दा बढी महिनावारी हिंसा हुने गरेको सामाजिक अभियन्ता एवं मदन पुरस्कार विजेता लेखक राधा पौडेलले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)