पहिरोपीडित दम्पतीलाई घर
ekantipur.com · Thu Oct 19 16:41:41 GMT 2023
पाँचथर — असार २ गते राति अविरल वर्षासँगै गएको पहिरोमा घर भत्केर बिचल्लीमा परेका जिल्लाको फालेलुङ-३ निवासी मनप्रसाद राई दम्पतीलाई नयाँ घर बनाएर हस्तान्तरण गरिएको छ । पहिरोले घर पुर्दा राईकी ९ वर्षीया नातिनी जुना सावदेनको निधन भएको थियो ।
राई दम्पतीलाई जनसेवा समाजको संयोजनमा विभिन्न व्यक्तिको आर्थिक र नेपाली सेनाको श्रम सहयोगमा घर निर्माण गरिएको हो । घर निर्माणका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव निरीक्षक पुण्यप्रसाद अधिकारी, प्रहरी हवल्दार राजेश गौतम, व्यवसायी हरि लोवाले जस्तापाता र किलाकाँटीजस्ता सामग्री खरिदका लागि ३२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)