पोखराको फिर्के खोला खोज्दै नाप्दै मुहानतिर
ekagaj.com · Wed Aug 16 16:20:27 GMT 2023
पोखरा - पोखरा महानगरपालिकाको मध्य भागबाट बग्ने फिर्के खोलाको मुहान पोखरा १८ अँधेरी कुना हो । अँधेरी कुनाबाट बगेको खोला पोखरा १७ गाइघाट पुगेर फेवातालमा मिसिन्छ । त्यो बीचमा खोला धेरै स्थानमा अतिक्रमणमा परेको छ । खोलाको सिमाना मिचेरै कतिपय संरचना बनिरहेका छन् । खोलाको अस्तित्व नै खतरामा परेपछि पोखरा महानगरपालिकाले खोला खोज्न सुरु गरेको छ ।
महानगरले अहिले फिर्के खोलाको खोलघर छुट्याउने काम सुरु गरेको हो । यो काम सुरु भएको १ महिना पुग्नै आँट्यो । साउन ३ गते पोखराका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङलगायत अन्य सरोकारवालाहरूको उपस्थितिमा यसको सुरुआत भएको थियो । फिर्केको अन्तिम बिन्दु फेवाताल किनारको गाईघाटबाट सुरुआत गरिएको हो । सुरुआत गर्दा पोखराका मेयर आचार्यले खोलाघर छुट्याउने काम १ हप्तामा सकिने बताएका थिए तर २८ दिन बितिसक्दा पनि सकिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)