मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोमा परेर बेपत्ता भएका यात्रुहरूको खोजी एवम् उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

annapurnapost.com · Fri Jul 12 02:24:00 UTC 2024

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरोले भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन्। शुक्रबार बिहान नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं विभिन्न भागमा बाढी पहिरोका कारण भएकोप्रति प्रधानमन्त्रीले दु:ख व्यक्त गरेका हुन्।

बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन्। ‘नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु।’उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)