५५ हात लामो यसीँ ठड्याइयो
baahrakhari.com · Thu Apr 14 00:48:00 GMT 2022
काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको तेस्रो दिन बिहीबार भेलुखेलस्थित यसीँख्य टोलमा ५५ हात लामो यसीँ’ ठड्याइएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाइने उक्त लिङ्गोको टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । जात्रा हेर्न भेलुखेलस्थित यसीँख्यमा मानिसको ठूलो संख्यामा उपस्थिती थियो । प्रत्येक वर्ष चैत मसान्तका दिन लिङ्गो ठड्याइने सो लिङ्गो ढालिएपछि नौ दिन आठ रात लामो बिस्केट जात्रा सम्पन्न हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)