मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेरक प्रसंग : एक मिनेट पर्ख 

nayapatrikadaily.com · Fri Dec 15 00:14:00 GMT 2023

एकजना भक्त ईश्वरसित साक्षात्कार गर्न र उनलाई केही प्रश्न सोध्न चाहन्थे । त्यसैले, उनी ईश्वरको खोजीमा निस्किए । ईश्वर खोज्दै जाँदा उनी एउटा अग्लो पहाडको टुप्पामा पुगे । उनले त्यहाँ साँच्चै ईश्वरको दर्शन पाए । ईश्वरको दर्शन पाउँदा उनी हर्षविभोर भए । ईश्वरले उनी त्यसरी त्यहाँसम्म आउनुको कारण जान्न चाहे । भक्तले आफू ईश्वरको दर्शनका लागि र केही प्रश्न सोध्न त्यहाँसम्म पुगेको बताए । भक्तले ईश्वरसित केही प्रश्न सोध्ने अनुमति मागे ।

ईश्वरले भक्तलाई प्रश्न सोध्ने अनुमति दिए । भक्तले पहिलो प्रश्न सोधे– प्रभु ! हजुरका लागि सय वर्षको अवधि के हो ? ईश्वरले जवाफ दिए– मात्र एक मिनेट । भक्तले एकछिन सोचे र पुनः अर्को प्रश्न सोधे– हजुरका लागि एक करोड रुपैयाँ के हो ? ईश्वरले तत्कालै जवाफ दिए– मात्र एक रुपैयाँ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)