काभ्रेमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु (अपडेट)
annapurnapost.com · Fri Jun 12 12:38:33 GMT 2026

काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। प्रहरीका अनुसार दिउँसो बनेपाबाट रोशी–खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको पूर्व अरनिको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भकुण्डेबेशीबाट प्रहरी नायब निरीक्षक गणेश श्रेष्ठको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय काभ्रे, अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेक्वा काभ्रेका सुरक्षाकर्मीहरू समेत खटिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)