अस्ट्रेलिया आठौँपटक एकदिवसीय विश्वकपको फाइनलमा
nayapatrikadaily.com · Fri Nov 17 00:17:00 GMT 2023
सर्वाधिक पाँचपटकको विजेता अस्ट्रेलियाले आइतबार नरेन्द्र मोदी रंगशालामा उपाधिका लागि आयोजक भारतसँग प्रतिस्पर्धा गर्ने
अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कोलकाताको इडेन गार्डेन रंगशालामा बिहीबार दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै अस्ट्रेलियाले आठौँपटक विश्वकपमा फाइनल स्थान सुरक्षित गरेको हो । अब उपाधिका लागि आइतबार नरेन्द्र मोदी रंगशालामा आयोजक भारत र अस्ट्रेलियाबीच भिडन्त हुनेछ । चालू प्रतियोगितामा भारतले एक खेल पनि गुमाएको छैन । भारतले सन् २०११ पछि फाइनल स्थान रक्षा गर्ने क्रममा अपराजित यात्रा कायम राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)