सेमेस्टर र वार्षिक शिक्षा प्रणाली तुलनात्मक अध्ययन
rajdhanidaily.com · Tue Apr 12 23:37:29 GMT 2022
नेपालको विश्वविद्यालय विशेषतः त्रिभुवन विश्वविद्यालयमा २०३० सालदेखि २०३७ सालसम्म सेमेस्टर प्रणालीमा पठनपाठन चलेको थियो । यसअघि नेपालका विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणाली चलेको थियो । त्यसबेला नेपालको विश्वविद्यालय भनेको नै त्रिभुवन विश्वविद्यालय बुझिन्थ्यो । सात वर्षपछि अर्थात् २०३७ सालमा विभिन्न कारणले सेमेस्टर प्रणाली अन्त्य भई आशिंक रूपमा भए पनि साधारण शिक्षातर्फ त्यसपछि पुनः वार्षिक शिक्षा प्रणाली लागू गरियो । वार्षिक शिक्षाको परीक्षा प्रणाली भएकै अवस्थामा वैकल्पिक सोचसहित यसको बढी चर्चा चलेको थियो । सन् २०१३ मा त्रिवि कीर्तिपुरका केन्द्रीय विभागमा सेमस्टर शिक्षा प्रणाली सुरु गरी अरू त्रिविका आंगिक क्याम्पसमा पछि सुरु हुनेगरी पठनपाठन गर्नेगरी पर सारिएको थियो । नेपालमा साधारण शिक्षामा समेस्टर प्रणालीसँग वार्षिक शिक्षा प्रणाली तुलना गर्नु यहाँ सान्दर्भिक होला ।
वार्षिक शिक्षा प्रणाली नेपालमा उच्च शिक्षाकोे सुरुवातदेखि नै लागू भएको थियो । यस शिक्षा प्रणालीअनुसार उच्च शिक्षाको कुनै पनि तह पार गर्न दुई वर्ष नियमित रूपमा चलेको कक्षामा उपस्थित भएपछि एक वर्षकोे एकलौटी हरेक विषयका एक मात्र परीक्षा सञ्चालन गरी यसमा पास भएकालाई उतीर्ण घोषित गरिन्थ्यो । उच्च शिक्षाको कुनै तहमा एक वर्षको अवधिमा पढाइएका विषयहरू एक वर्षकोे एकचोटी जाँच लिएर करिब १५ दिनभित्र विद्यार्थीको ल्याकत, क्षमता जाँच गरिन्थ्यो । यस्तो प्रणालीमा एक वर्षको एक पटकमा एकचोटी जाँच लिँदा विद्यार्थीको क्षमताको मूल्यांकन हुँदैनथ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)