आल्मेरियामाथि रियलको पुनरागमन जित
ekantipur.com · Mon Aug 15 00:43:40 GMT 2022
म्याड्रिड — रियल म्याड्रिडले स्पेनी ला लिगा उपाधिको रक्षा आइतबार संघर्षपूर्ण जितसँगै सुरु गरेको छ । मड्रिडले आल्मेरियालाई २–१ ले पराजित गरेको हो । लार्जी रामाजानीको गोलले आल्मेरियाले छैटौं मिनेटमा स्तब्धपूर्ण अग्रता लिएको थियो ।
त्यसपछि गोलरक्षक फर्नान्डो मार्टिनेजले पनि शृंखलाबद्ध बचाउ गरेपछि रियल जितका लागि थप संघर्ष गर्न बाध्य रह्यो । डिफेन्डिङ च्याम्पियनका लागि लुकास भाजक्वेजले बराबरी गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)