शासन प्रणाली र हाम्रा नेता
ekantipur.com · Sun Apr 14 22:07:48 UTC 2024
यतिबेला विश्वका लोकतान्त्रिक एवं राजतन्त्रात्मक मुलुकहरूको शासन व्यवस्था र समृद्धिबारे तुलनात्मक विश्लेषण गर्नु आवश्यक देखिएको छ । एकपल्ट केही राजतन्त्रात्मक मुलुकतर्फ ध्यान दिऔं । युरोपका बेलायत, नेदरल्यान्ड्स, डेनमार्क, स्वीडेन, नर्वेदेखि अस्ट्रेलिया, न्युजिल्यान्डसम्म राजतन्त्रको प्रभाव उल्लेख्य देखिन्छ भने मध्यपूर्वका कतार, यूएई, जोर्डनलगायत देशको अर्जुनदृष्टि मात्र समृद्धितर्फ उन्मुख देखिन्छ ।
बादशाहको छत्रछायामा हुर्केको जापान धेरै पहिलेदेखि विश्वका ७ विकसित मुलुकभित्र समावेश मात्र नभई एसियाको एउटा मात्र विकसित देश बनिरहेको छ । अलिखित संविधानका आधारमा बेलायत विश्वमै विकासको जननी ठहरिएको छ । २ दशकको अवधिमा कतारको बहुआयामिक विकासले उचाइ छोएको यथार्थ सबैका निम्ति अनुकरणीय विषय छ । उल्लेखित राजतन्त्रात्मक मुलुकहरू मानव विकास सूचकांकमा विश्वमै अग्रस्थानमा रहेका देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)