इन्धनको मूल्य बढ्यो, निगमलाई अझै मासिक १ अर्ब ७६ करोड घाटा
reportersnepal.com · Sun Apr 04 16:20:16 GMT 2021
चैत २२, काठमाण्डौ । नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो ।
स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २÷२ रुपैयाँ बढाउनुपरेको निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० रुपैयाँ र डिजेल मटितेलको १०३ रूपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)