मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

gorkhapatraonline.com · Fri Jun 12 12:53:55 GMT 2026

पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा शुक्रबार यहाँ आयोजित प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी नेपालगन्ज च्याम्पियन बनेको छ ।

नेपालगन्ज रंगशाला परिसरभित्र रहेको पौडी पोखरीमा सम्पन्न भएको सो प्रतियोगितामा शिखा एकेडमीले १२३ अङ्कसाथ प्रथम, सोफिया रेसिडेन्सियल स्कूलले २२ अङ्कका साथ द्वितीय तथा स्प्रिङ्डेल एकेडेमीले १४ अङ्कका साथ तृतीय स्थान हासिल गर्न सफल हुनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)