मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

केनको दुई गोलमा बायर्न विजयी

ekantipur.com · Mon Aug 28 00:59:43 GMT 2023

म्युनिख — इंग्लिस कप्तान ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले आइतबार जर्मन बुंडेसलिगामा असबर्गलाई ३–१ ले पराजित गरेको छ । यससँगै बायर्नले आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राख्न सफल भएको छ ।

केनले यो खेलसँगै बायर्नका लागि आफ्नो घरेलु मैदानमा डेब्युसमेत गरेका छन् । उनले खेलको ४० र ६९ औं मिनेटमा गोल गरे । त्यसमध्ये पहिलो गोल पेनाल्टीबाट सम्भव भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)