मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चोरीको मोटरसाइकलसहित एक पक्राउ

lokaantar.com · Tue Jan 31 01:05:33 GMT 2023

सिरहा मिर्चैया नगरपालिका –११ सीतापुर बस्ने विपिनकुमार साहको घर अगाडि पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । स.४ प ८९७० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा धनुषा मिथिला नगरपालिका –२ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले ती किशरलाई मिथिला नगरपालिका –५ श्रीपुरबाट चोरी भएको मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो । किशोरबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)