वायु सेवा निगमका अध्यक्ष निलम्बित
rajdhanidaily.com · Mon Jun 20 23:07:12 GMT 2022
काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । पर्यटनमन्त्री प्रेम आलेले अधिकारीलाई अश्लिल गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो । लगत्तै कर्मचारीको एक समूहले आलेलाई बर्खास्त गर्न माग गर्दै आएका थिए । तर, सरकारले भने उल्टै अधिकारीलाई निलम्बन गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो । पर्यटनमन्त्री आलेको सिफारिसमा अधिकारीलाई निलम्बन गरिएको जनाइएको छ । निगमका पूर्वकर्मचारी अधिकारी गत कात्तिकमा अध्यक्ष नियुक्त भएका थिए । पछिल्लो समय उनको र पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्धमा खटपट हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)