मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन कप २०२३ : यूएईलाई स्तब्ध पार्दै ताजाकिस्तान क्वाटरफाइनलमा

ekantipur.com · Mon Jan 29 00:57:52 GMT 2024

दोहा — एसियन कपमा डेब्यु गरिरहेको ताजाकिस्तानले टाइब्रेकरमा यूएईलाई ५–३ ले पराजित गर्दै क्वाटरफाइनलको ऐतिहासिक यात्रा तय गरेको छ । अस्ट्रेलिया पछि ताजाकिस्तान अन्तिम आठमा पुग्ने दोस्रो टिम बन्यो ।

प्रतिस्पर्धात्मक १ सय २० मिनेटको खेल १–१ को बराबरीमा टुंगेपछि ताजाकिस्तानका लागि एलिसन सुकुरोभले पेनाल्टी सुटआउटमा निर्णायक गोल गरे । त्यस अगाडि गोलरक्षक रुस्टम याटिमोभले काइओ कनेडोकाको दोस्रो प्रहार बचाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)