मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थसचिवको बिदाले मोडियो परिस्थिति

annapurnapost.com · Thu Jul 07 00:32:00 GMT 2022

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामाको चौतर्फी दबाब थियो। तर, उनी नगर्ने अडानमा थिए। बुधबार बिहानै परिस्थितिले एकाएक फरक मोड लियो, जब अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसिदिए। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले ‘शर्मा अर्थमन्त्री रहुन्जेल’ नफर्किने अवगतसमेत गराए। र, मन्त्री शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर ‘अनिश्चितकालीन’ बिदा लिए।

शर्मासँग घनिष्ठ सम्बन्ध रहेका मानिएका सचिव मरासिनी अचानक कसरी ‘यू–टर्न’ भए ? अर्थका उच्च अधिकारीहरूका अनुसार ‘सीसीटीभी फुटेज १३ दिनमै मेटियो’ भन्ने पत्र लेख्न लगाएको विषयमा उनी मन्त्रीसँग असन्तुष्ट थिए। उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गर्दै जेठ १४ र अघिल्लो भदौ २४ गते रातिका सीसीटीभी फुटेज मागेको थियो। त्यसमा अर्थका शाखा अधिकृत धनकुमार राईले हस्ताक्षर गरेर मेटिइसकेको जवाफ पठाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)