मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ठमेल र दरबारमार्गमा उत्साह

ekantipur.com · Sun Apr 14 22:09:22 UTC 2024

अमेरिकाबाट नेपाल घुम्न आएका एक पर्यटकलाई नयाँ वर्षको पहिलो दिन मैले ठमेलमा प्रश्न गरेको थिएँ, ‘तपाईंलाई यो ठमेल र दरबारमार्ग चौबीसै घण्टा खोल्ने नेपाल सरकारको निर्णय कस्तो लागेको छ ?’ उनले तत्काल प्रतिक्रिया दिए, ‘बल्ल नेपालमा नाइट लाइफ सुरु भयो । हामीलाई चाहिने नै यस्तो हो । रातको २ बजे चिया, कफी खान पाइयोस्, डुल्न पाइयोस् । सरकारको यो निर्णयबाट म खुसी छु ।’

ती पर्यटकले विकसित देशमा बजार चौबीसै घण्टा नै खुल्ने उल्लेख गर्दै नेपालमा रातको १० बजेपछि सबै बन्द हुने विडम्बनायुक्त वातावरणलाई पर्यटकले मन पराउँदैनन् पनि भन्न भ्याए । ती पर्यटकको कुरा मलाई शतप्रतिशत सही लाग्यो । रात भन्नासाथ खराब काम मात्र हुन्छ, यसर्थ राति पसल र होटल खोल्न दिँदा हाम्रो संस्कृति मासिन्छ, विकृति बढ्छ, युवा बिग्रन्छन् भन्ने सोच बनाउनु हुँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)