विश्वकपमा नेदरल्याण्ड्सको दोस्रो जीत
ratopati.com · Sat Oct 28 22:11:00 GMT 2023
कोलाकाता । नेदरल्याण्ड्सले भारतमा जारी एकदिवसीयमा विश्वकपमा बंगलादेशलाई पराजित गर्दै दोस्रो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनले पराजित गरेको हो ।
नेदरल्याण्ड्सको जीतमा पाउल भान मेकरेन नायक बने उनले मात्र २३ रन खर्चेर चार विकेट लिँदै बंगलादेशको पाली ध्वस्त पारे । बंगलादेशका लागि मेहदी हसन मिराजले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै, महमदुल्लाह र मुस्तफिजुर रहमानले समान २०–२० रन बनाए । नेदरल्याण्ड्सका लागि बास डी लिडेले २ तथा आर्यन दत्त, लोगन भान विक र कोलन एकर म्यानले १–१ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)