१२ घण्टापछि मतदान सम्पन्न
ekantipur.com · Mon Dec 13 17:53:23 GMT 2021
काठमाडौँ — नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमबारको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।
'मदानको कार्क्रम सकियो । अहिले मुचुल्का उठाउने काम भइरहेको छ,' घिमिरेले भनेका छन् । मतदान सकिएपछि सभापतिको मतगणना भने सोमबार राति नै राष्टंरिय सभागृहमा गर्ने तयारी गरिएको छ। नेता बालकृष्ण खाँण र पूर्णबहादुर खड्का यसअघि नै मतगणना स्थलमा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)