राष्ट्रिय वाणिज्य बैंक ई–कमर्स कारोबारको लागि एनसीएचएलको ईएफटीमा आबद्ध
baahrakhari.com · Fri Jun 12 12:57:09 GMT 2026

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को सहकार्यमा राष्ट्रिय वाणिज्य बैंकले ई–कर्मस कारोबारमा थ्रीडी सिक्योर एसीएस सेवा सुचारु गरेको छ । यस सेवाको सुरुआतपश्चात् राष्ट्रिय वाणिज्य बैंकको डेबिट र क्रेडिट कार्डहोल्डरले थप सुरक्षित तरिकाले ई–कमर्स कारोबार गर्न सक्नेछन् ।
थ्रीडी सिक्योर एसीएस सोलुसन ई–कमर्सकारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेसन गर्न तथा ग्राहकको पहिचान तथा ओटीपी पुष्टि गर्ने एक सुरक्षित माध्यम हो । उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डरहरूले आफ्नो कार्डमा एकपटक उक्त फिचर इनेबल गर्नुपर्ने हुन्छ ।
बैंकको यो पहलले बढ्दो ई–कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरूलाई अनलाइन कारोबार गर्न थप प्रोत्साहन गर्ने बैंकको विश्वास रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ