मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकी प्रदेशमा वर्षा जारी, दिउँसो अन्य प्रदेशमा पनि पानी पर्ने

nepallive.com · Wed Jun 22 00:18:00 GMT 2022

काठमाडौं– अहिले बिहान गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)