सिडेनको सातौं अधिवेशनको मिति तय
ratopati.com · Mon May 08 06:17:00 GMT 2023
काठमाडौं । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को सातौं अधिवेशन आगाामी जेठ १३ गते हुने भएको छ । आइतबार बसेको सिडेनको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जेठ १३ गतेका लागि अधिवेशनको मिति तोकेको हो ।
सिडेनका अध्यक्ष उमेश थानीका अनुसार यसअघि फागुन १३ गते पार्टीको निर्देशन अनुसार सारेको थियो । 'हामी डाइरेक्ट इलेक्सन पद्धतिमा जान्छौं । काठमाडौंसहित १२ ठाउँमा मतदान केन्द्र रहन्छ,' उनले रातोपाटीलाई भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)