सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस
nepalnews.com · Fri Jun 12 13:07:05 GMT 2026

धनुषा। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस भएको छ।
प्रदेश प्रमुखको कार्यालयद्वारा आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन पेस भएको उल्लेख छ।
मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले नेपालको संविधान धारा २९४ को उपधारा (३) बमोजिम तयार गरिएको सो प्रतिवेदन पेस गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ अवधिमा आयोगले सम्पन्न गरेका कामको विवरण समेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)