‘एउटा सरकारले लालपुर्जा दिन फारम भर्ने, अर्काे सरकार उठीबासकाे सूचना टाँस्दै हिँड्ने ’
Ujyaaloonline.com · Tue Feb 08 00:47:28 GMT 2022
काठमाण्डाै – सुकुम्वासी माेर्चा नेपालले बसाेबासकाे आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गइएको छ । आज सोमवार संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालले याे माग गर्दै काठमाण्डाैकाे माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म ध्यानाकर्षण र्याली गरेको हो ।
कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोबासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पविनाको उठीवास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक ध्यानाकर्षण र्याली गरेको बताउनुभयो । उहाँले एउटा सरकारले लालपुर्जा दिन फारम भर्ने, अर्को सरकार उठीबासको सूचना टाँस्दै हिँडेकाले सरकारको दाेहाेराे चरित्रको विरुद्धमा ध्यानाकर्षण गराएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)