मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओलीलाई खनाल–नेपाल समूहको अल्टिमेट– जेठ २ मा नफर्किए सामूहिक राजीनामा

baahrakhari.com · Sun May 09 01:02:00 GMT 2021

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)भित्र विग्रहले उग्ररूप लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहमतिमा नआएको र अदालतको फैसला (२०७७ फागुन २३)अनरूप पार्टी चलाउन तयार नभएको भन्दै वरिष्ठ झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले सामूहिक राजीनामाको तयारी गरेका छन् । शनिबार साँझसम्म बसेको सांसदहरूको सामूहिक बैठकले राजीनामाको तयारी गरेको यज्ञराज सुनुवारले जानकारी दिए ।

“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार साँझसम्मको समय दिएका छौँ । हामी हदैसम्म लचिलो भएर वार्ता, छलफल गरेकै हो । उहाँ २०७५ जेठ २ मा फर्कन तयार हुनुभएन,” उनले भने, “फ्लोर क्रस गर्नुभन्दा सामूहिक राजीनामा नै विकल्प हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)