च्याम्पियन्स लिग : रियल र मिलानलाई अग्रता प्राप्त
ekantipur.com · Thu Apr 13 00:42:44 GMT 2023
काठमाडौँ — रियल म्याड्रिड र एसी मिलानले युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनल पहिलो लेगमा बुधबार अग्रता लिएका छन् । रियलले बर्नाबाउमा भएको खेलमा चेल्सीलाई २–० ले हरायो ।
त्यसमा करिम बेन्जेमाले सुरुमै गोल गरेपछि मार्को एसेन्सोले दोस्रो गोल थपे । खेलको अन्त्यमा चेल्सी दस खेलाडीमा सीमित हुनु परेको थियो । उसका वेन चिलवेल रातो कार्ड खाएर ५९ औं मिनेटमा मैदान छाड्न बाध्य रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)