मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रेरक प्रसंग : लिलीको बदला

nayapatrikadaily.com · Thu Aug 10 00:17:00 GMT 2023

नवविवाहिता लिली र उनकी सासूबीच बिहेको केही दिनपछि नै खटपट सुरु भयो । अवस्था मारपिटसम्म पुग्यो । लिली जसरी भए पनि सासूबाट छुट्कारा पाउन चाहन्थिन् । उनी माइतीगाउँकै एक चिनेजानेका वैद्यकहाँ पुगिन् । उनले वैद्यसँग आफ्नो समस्या बताउँदै सासूबाट छुटकारा पाउन चाहेको बताइन् ।

वैद्यले भने– छोरी, तिमी मेरा मिल्ने साथीकी छोरी हौ । त्यसैले, म तिम्रो मद्दत अवश्यै गर्नेछु । तर, म जे–जे भन्छु । तिमीले त्यो पालना गर्नुपर्छ, अन्यथा तिमी झमेलामा फस्नेछ्यौ । लिलीले आफू त्यसै गर्ने वाचा गरिन् । वैद्यले जडीबुटीले भरिएको एउटा बट्टा लिलीलाई दिँदै भने– तिम्री सासूलाई मार्न कडा विष प्रयोग गर्दा तिमीमाथि शंका हुन्छ । त्यसैले, यी जडीबुटीले तिम्री सासूको शरीरमा भित्रैदेखि विष पैदा गर्छन् र सात–आठ महिनामा उनको मृत्यु हुन्छ । तिमीले हरेक दिन फरक–फरक मिष्ठान्न तयार गरेर सासूलाई यीमध्ये कुनै एउटा जडीबुटी हालेर खुवाउनू । अनि सासूको बिल्कुलै राम्रो हेरचाह गर्नू । अनि, भुलेर पनि उनीसित कहिल्यै झगडा नगर्नू । यति गर्‍यौ भने उनको मृत्युमा तिमीमाथि शंका हुनेछैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)