बेलायती महारानीको निधन हुँदा प्रहरीको कार्यक्रम स्थगित
ratopati.com
बेलायतकी महारानी एलिजाबेथको निधनपछि प्रहरीको आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम स्थगित भएको छ । महारानी एलिजाबेथको निधनपछि सरकारले तीन दिन शोक मनाउने निर्णय गरेसँगै उक्त कार्यक्रम स्थगित भएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले शुक्रबार एक सूचना जारी गरी भदौ २५ गतेका लागि तय भएको सो कार्यक्रम स्थगित भएको जानकारी दिएको छ । सरकारले शुक्रबार महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै ३ दिन शोक मनाउने निर्णय गरिसकेको छ । एलिजाबेथको बिहीबार साँझ ६: ३० मा बेलायतमा निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)