अक्सफोर्डमा नेपाली विद्यार्थी
rajdhanidaily.com · Wed Jun 07 23:14:37 GMT 2023
काठमाडौं । युनिभर्सिटी अफ अक्सफोडद्वारा आयोजित ‘म्याप द सिस्टम’ प्रतियोगितामा १६ जना नेपाली छानिएका छन् । तीमध्ये प्रकृति जोशी, प्रकृति ढकाल, कमला लामा विकास दंगाल आगामी जुलाईमा अक्सफोर्डमा सहभागी हुने भएका हुन् ।
सो प्रतियोगितामा विश्वभरका ६१ विश्वविद्यालयको सहभागिता हुने भएको छ । अक्सफोर्डमा सहभागी हुनेक्रममा नेपाली विद्यार्थीले ‘इन्क्विटेवल एक्सेस टु इन्फर्टिलिटी केयर सर्भिस इन नेपाल’ शीर्षकमा अध्ययन गरी बाँझोपनसम्बन्धी स्वास्थ्य सेवामा नेपालीहरूको असमान पहुँचको विश्लेषण गरेका छन् । साथै, उनीहरूले इन्फर्टिलिटी केयर सर्भिसलाई सुपथ बनाउनेसम्बन्धी जनचेतना फैलाउने उपाय’bout पनि पेस गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)