फेब्रुअरी अन्त्यसम्म एमसिसी पास नभए फिर्ता लैजाने सुमारको चेतावनी
deshsanchar.com · Wed Feb 09 17:20:53 GMT 2022
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई फेरि फेब्रुअरी अन्त्यसम्मको समयावधि दिएको छ। उक्त अवधिमा नेपालले एमसिसी पारित नगरे फिर्ता लैजाने चेतावनी पनि एमसिसी मुख्यालयले दिएको छ।
बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा एमसिसी उपाध्यक्ष फतिमा सुमारले फेब्रुअरी अन्त्यसम्मको समयावधि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको हुँदा फेरि समय थप्न नसकिने बताएकी हुन्। ‘अब फेरि ढिला गर्न कुनै बहाना हामी स्वीकार गर्दैनौँ,’ उनले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)