मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

परिमाणात्मक बन्देज लगाइएका वस्तु आयात गर्न १५ गुणा बढी माग

abhiyandaily.com

काठमाडौं । परिमाणात्मक बन्देजसहित आयात खुला गरिएका केराउ, सुपारी, छोकडा र मरीच आयातका लागि व्यवसायीले तोकिएभन्दा अत्यधिक परिमाण माग गरेका छन् । सरकारले पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाएपछि व्यवसायीले ठूलो परिमाणमा आयातको माग गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा निवेदन दिएका छन् ।

चालू आर्थिक वर्ष (आव) २०७७/७८ का लागि केराउ, सुपारी, छोकडा र मरीच आयातमा तोकिएको परिमाणभन्दा अधिक परिमाणको माग आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए । तोकिएको परिमाणभन्दा माग बढी भएपछि यस वर्षका लागि छुट्ट्याइएको सबै कोटा वितरण हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू वर्षका लागि ८० हजार मेट्रिकटन (मेटन) केराउ आयात गर्न दिने निर्णय गरेकोमा १५ गुणाभन्दा बढी माग भएको छ । विभागले निकालेको सूचनाअनुसार २३३ ओटा उद्योग र व्यापारिक फर्मले १२ लाख २५ हजार २९० मेटन केराउ आयातको अनुमति मागेको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)