विद्युत् नियमन आयोगका पदाधिकारी हटाउँदै सरकार
ekantipur.com · Sat Dec 25 01:33:54 GMT 2021
काठमाडौँ — सरकारले विद्युत् नियमन आयोगका पदाधिकारीलाई पदबाट हटाउने प्रक्रिया सुरु गरेको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार आयोगका पदाधिकारीहरूको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।
छानबिन समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका एक मन्त्रीले पुष्टि गरे । ती मन्त्रीका अनुसार आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह तथा सदस्यहरू रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार र भागीरथी ज्ञवालीलाई पदबाट हटाउन विद्युत् नियमन आयोग ऐन २०७४ को दफा ९ बमोजिम सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । कसको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो भन्ने उनले खुलाएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)